![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sitapaila-ghatana2024-02-21-01-17-45.gif)
काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । उनीहरू बस्दै आएको कोठामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले भने, ‘मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’