१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकको निक्षेप सुरक्षित छ : राष्ट्र बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o६:oo

 बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको पैसा (निक्षेप) पूर्ण रूपमा सुरक्षित भएको बताएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशन गर्दै बैंकिङ क्षेत्र सक्षम र सबल रहेको पनि स्पष्ट पारेको छ । हरेक समय बैंकिङ कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको पैसा जोखिममा नपर्र्ने राष्ट्र बैंकको भनाइ छ ।

पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंकमा सर्वसाधारणको पैसा असुरक्षित भएको जिकिर गर्दै भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सोमबार पनि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघलगायत संस्थाले पनि बैंक तथा वित्तीय संस्था सुरक्षित भएको बताएका थिए । 

अहिले बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ६० अर्ब निक्षेप छ । त्यसमा सर्वसाधारण (व्यक्तिगत)को मात्रै ३८ खर्ब रुपैयाँ निक्षेप छ । त्यो पैसा सुरक्षित भएको राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित संस्थाहरूले बताएका छन् ।

यस्तै, राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी ढुक्कसँग बैंकिङ कारोबार गर्न आग्रहसमेत गरेको छ । ‘बैंकिङ क्षेत्र अर्थ व्यवस्थाको मेरुदण्ड हो । अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ । 

ad
ad