१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफको स्कोर :  नेपाल ३ - १ सिरिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४o:oo

वाफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा अहिले नेपाल र सिरिया भिडिरहेका छन्। पहिलो हाफको खेल सकिँदा नेपालले ३–१ गोलको अग्रता लिएको छ। 

सिरियाविरुद्ध सानदार सुरुवात गरेको नेपालले १९ मिनेटभित्रै तीन गोल गरेको हो। नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारी साम्बाले एक–एक गोल गरेका छन्। 

सिरियाले भने खेलको ४३औँ मिनेटमा नेपालले गरेको आत्मघाती गोलको उपहार प्राप्त गरेको हो।

आक्रामक फुटबल खेलिरहेको नेपालले दशाैँ मिनेटमा अमिशा कार्कीको गोलमा अग्रता लिएको हो। डिबक्सको मध्यभागबाट सशक्त प्रहार गर्दै अमिशाले नेपालका लागि पहिलो गोल गरिन्। 

पहिलो गोल गरेको तीन मिनेटभित्रै नेपालले अग्रता दोब्बर पार्‍यो। यसपटक नेपालले प्राप्त कर्नर प्रहार सीधै गोलमा परिणत भएको थियो। १३औँ मिनेटमा अनिता बस्नेतले गरेको प्रहार सीधै गोलपोस्टमा छिरेको थियो। 

नेपालले १९औँ मिनेटमा सिरियाविरुद्ध तेस्रो गोल गर्‍यो। तेस्रो गोल सावित्रा भण्डारी साम्बाको नाममा रह्यो। मिनी डिबक्समा प्राप्त पासलाई उनले वन टचमा बललाई जाली चुमाइन्। 

४३औँ मिनेटमा सिरियाले करिब ३० यार्ड क्षेत्रमा फ्रिकिक प्राप्त गरेको थियो। सीधै गोलपोस्टमा गरिएको सो प्रहार नेपाली गोलकिपर एन्जिलाले फर्काउने क्रममा आफ्नै खेलाडीको अनुहारमा लागेर सुसाइड गोल हुन पुग्यो।