१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य अंकको गिरावट, तीन अर्ब ११ करोडकाे कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o३:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक १.७६ अंकले घटेर दुई हजार ३३.०६ को विन्दुमा कायम भएको हो।

आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता सेयर ७६ हजार आठ सय तीनपटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ११ करोड ३५ लाख ५६ हजारबराबरको कारोबार भएको छ।

विकास बैंक समूहको उपसूचक ०.२५, वित्त समूह ०.७२, लगानी समूह ०.१८, उत्पादन तथा प्रशोधन समूह ०.७१ र अन्य समूह १.१० प्रतिशतले बढेका छन्।

अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह ०.४२, होटेल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.३१, जीवन बिमा समूह ०.४१, लघुवित्त ०.७४, म्युचुअल फन्ड ०.०५, निर्जीवन बिमा समूह ०.०३ र व्यापार समूह ०.३५ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता सेयर किनबेच भएको छ।