मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मंगोलियामा ४९ वर्षपछिकै भारी हिमपात, अत्यधिक चिसोले ६ लाख पशुचौपायाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

मंगोलियामा ४९ वर्षपछि भारी हिमपात भएको छ। यो हिमपात जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ। 

यो हिमपातलाई औसत हिमपात ९.६ मिलिमिटर मापन गरिएको मौसम अनुगमन निकायले जनाएको छ। मंगोलियाका लगभग सबै प्रान्तमा बारम्बार भारी हिमपात भइरहेको छ। बाक्लो हिमपातका कारण यो हिउँदमा चरम चिसोको अनुभव गरिएको छ। 

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मंगोलियामा अत्यधिक चिसो मौसमका कारण हुने मृत्यु हुने पशुको संख्या ६ लाख ६७ हजार आठ सय ४१ पुगेको छ। 
मंगोलिया संसारको नोमाडिक देशहरूमध्ये एक हो। यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायु छ।