१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा ३८ बालबालिकामा दादुरा–रुबेला रोग 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

आउँदो फागुन दोस्रो सातादेखि कञ्चनपुरमा ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ फागुन (आइतबार)देखि ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो। राष्ट्रिय कार्यक्रमअनुरूप जिल्लामा समेत खोप अभियान सञ्चालन गरिन लागेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक तयारी सबै पुरा भइसकेको बताए । कार्यालय प्रमुख जोशीले जिल्लामा दादुरा–रुबेला रोग निर्मूल नहुँदा फेरि सञ्चालन भइरहेको बताए । उनका अनुसार कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मूलका खोप अभियान लागि खोप अभियान सञ्चालन भइरहेको बताए । 

खाेप अभियान १३ फागुनदेखि सञ्चालन भई २१ फागुनसम्म हुनेछ । जिल्लाका नौवटै पालिकाका पाँच सय ५३ स्थानबाट खोप प्रदान गरिनेछ । कञ्चनपुरका नाै महिनादेखि १५ वर्षमुनिका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई नियमितदेखि खोप छुट पेन्टा, पिसिभी, आइपिभी खोप दिइनेछ । दुई सय ५० भन्दा बढी विद्यार्थी भएका विद्यालय, नियमित खोपकेन्द्रमार्फत खोप सञ्चालन गरिनेछ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले कोरोना महामारी र गत वर्ष जिल्लामा ३८ जना बालबालिकामा कोरोना महामारी देखिएपछि कञ्चनपुर पनि संक्रमणको सूचीमा परेको बताए । उनका अनुसार बाँकेमा देखिएको रुबेला–दादुरा रोग सर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दुईजना बालबालिकामा देखिएपछि फैलिएर ३८ जनामा देखिएको बताए । 

‘यो सरुवा रोग हो, सुरुमा अन्य जिल्लामा देखिएको रोग हाम्रो जिल्लामा पनि देखियो, अहिले आएर थप खोप सञ्चालन गर्नुपर्‍यो,’ उनले भने, ‘यसपटक निदान हुनेमा हामी विश्वस्त छौँ ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरका  सिद्धराज भट्टले खोप लगाउने दौरानमा कुनै बालबालिकामा स्वास्थ्य समस्या देखिए जिल्ला र पालिकामा खोपबाट हुने अनुचित घटना न्यूनीकरणका लागि एइएफआई टिम गठन गरिएको बताए । जिल्लामा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुनप्रसाद भट्टको सयोजकत्वमा र पालिका स्तरमा चिकित्सक वा सिनियर स्वास्थ्यकर्मीको संयोजकत्वमा टिम गठन गरिएको छ । 

उक्त टिम खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्न उपचारमा खटिनेछ । स्वास्थ्य कार्यालयका सुपरभाइजर कपिलदेव जोशीले सिजनमा आउने बसाइँसराइ गर्ने परिवारका बालबालिका खोपबाट छुट्ने भएकाले जोखिम रहिरहने बताए । उनले परिवारसहित आउने भारतीय बालबालिका जो इँटा उद्योगसहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ती बालबालिका खोपबाट वञ्चित हुने अवस्थामा जोखिम कायमै हुने भएकाले त्यसतर्फ स्वास्थ्य कार्यालयसहित पालिका सचेत भएको बताए । ‘यसपटक हामीले बजारदेखि गाउँसम्मै माइकिङ गरेर खोप लगाउन आह्वान गर्छौँ,’ उनले भने, ‘छुट्न भने दिँदैनौँ, सबैलाई खोप लगाउँछौँ ।’


 

ad
ad