१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ बैशाख १९ बुधबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o४:oo

नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । 

बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमबारे चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता जनाए । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यसचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रबारे जानकारी गराएका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए। अस्पतालमा रहेको ओसिएमसी, एनआइसियू, एसएनसियू, पिआइसियू तथा बालबालिकाको पोषण पुनर्स्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा. थापाले जानकारी गराए ।  

यस्तै, नगरप्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरूप प्रदान गरे । 

ad
ad