१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी दिनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय अहिले नै गरेर हुँदैन : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१५:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय अहिले नै गर्न आवश्यक नरहेको बताएका छन् । 

आजबाट सुरु भएको महासमितिलाई सम्बोधन गर्दै सभापति देउवाले तत्कालीन समयमै यसबारे निर्णय गर्नु उपयुक्त हुने बताए । 

‘भविष्यमा गठबन्धन गर्ने नगर्ने कुरा तत्कालीन अवस्थाको विश्लेषणका आधारमा हुने हो । अहिले नै यसबारे निर्णय गरिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने । 

संविधानमा गरिएको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाअनुसार एउटै पार्टीले बहुमत ल्याउन नसक्ने सम्भावना न्यून रहेकाले गठबन्धन गर्नुपर्ने बाध्यता आउने गरेको उनको भनाइ थियो । 

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौँ । गठबन्धन सरकार १० महिनाअघि मात्र बनेको हाेइन । प्रतिनिधिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस भएको सबै दस्ताबेजले गठबन्धनको विषयलाई समेटिएको छ । वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो ।’

ad
ad