Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ७ सोमबार ११:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ७ सोमबार ११:४५:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंमा रहेको सिटिस्केप थकालीमा छुट पाउने भएका छन् । बैंक र सिटिस्केपबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो । 

समझदारीअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले देशभरमा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।