Skip This
प्रेरक प्रसंग : काम नै पूजा हो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ७ सोमबार o६:o८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : काम नै पूजा हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार o६:o८:oo

निकै पहिलेको कुरा हो । एक गाउँमा केही मजदुर कठिन मिहिनेतसाथ ढुंगाको खम्बा बनाइरहेका थिए । एक सन्त सोही गाउँ हुँदै कतै जाँदै थिए । मजदुरहरूले कठिन परिश्रम गरिरहेको देखेर सन्तमा जिज्ञासा बढ्यो । उनले एक मजदुरको नजिकै गएर नम्रतासाथ प्रश्न गरे– सुन्नुहोस् त भाइ, यहाँ के बन्दै छ ? मजदुरले झनक्क रिसाउँदै जवाफ दिए– थाहा छैन । ढुंगा फुटाउँदा फुटाउँदै प्राण निस्केलाजस्तो भइसक्यो, कसैलाई चाहिँ यहाँ के बन्छ भन्ने चिन्ता छ ! 

मजदुरको जवाफ सुनेर केही अघि बढेका सन्तले अर्का एक मजदुरलाई भेटे । उनले ती मजदुरलाई पनि सोही प्रश्न गरे । मजदुरले जवाफ दिए– हेर्नुस् साधु बाबा, यहाँ जेसुकै बनोस्, मलाई के मतलब ? चाहे मन्दिर बनोस् या जेल, मलाई केको चासो ? मलाई त दिनभरिको मजदुरीबापत सय रुपैयाँ प्राप्त भए पुग्छ । 

सन्त अझै अगाडि बढे । उनले तेस्रो मजदुरलाई भेटे । उनले पुनः सोही प्रश्न ती मजदुरलाई पनि सोधे । मजदुरले जवाफ दिए– यहाँ एउटा ठूलो मन्दिर बन्दै छ बाबा ! यस गाउँमा एउटै मन्दिर छैन । यहाँका मानिस कुनै उत्सव मनाउन या भगवान्को दर्शन गर्न टाढाको मन्दिरमा जानुपर्छ । हामी सबै यसै गाउँका हौँ ।

मन्दिर बनाउन यसरी यहाँ छिनो चलाएर ढुंगा काट्दै गर्दा छिनोबाट निस्कने आवाज मलाई कुनै भजनको सुमधुर संगीतजस्तै लाग्छ । केही समयपछि यहाँ एउटा भव्य मन्दिर तयार हुन्छ । यहाँ धुमधामसँग पूजा हुन्छ । कीर्तन हुन्छ । गाउँलेले आफ्नै गाउँको मन्दिरमा उत्सव मनाउन पाउँछन् । यही सोचेर म आनन्दित हुन्छु । त्यसैले, मलाई यो काम, काम होइन, पूजाजस्तो लाग्छ । त्यसैले म जहिल्यै मन्दिर बनाउने मस्तीमा हुन्छु । मेरा लागि यो नै जीवनको असली आनन्द हो ।