१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहमा टिक्दैनन् हाकिम, बेलडाँडीमा एक वर्षभित्रै चार प्रमुख परिवर्तन 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo

कञ्चनपुरको एक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख) निरन्तर परिवर्तन भइरहेका छन्।  जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख) निरन्तर परिवर्तन भइरहेका हुन्। 

बेलडाँडी गाँउपालिकामा एकै वर्षमा चार प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन्। कार्यालयमा आउने, केही समय काम गर्ने र त्यसपछि जानेक्रम जारी छ। बेलडाँडी गाउँपालिका प्रशासन प्रमुख राजबहादुर विष्टले हालै आएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रबहादुर थारूको समेत सरुवा भएको बताए।  

प्रशासन शाखा प्रमुख विष्टका अनुसार गणेशदत्त भट्टपछि आएका सबै हाकिमको शीघ्र सरुवा भएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यालय गणेशदत्त भट्टको ३ माघ ०७८ मंसिरमा सरुवा भएको थियो, उनको ठाउँमा पदमराज जोशी आए। 

२६ पुस ०७८ मा आएका जोशी ९ असोज ०८० मा सरुवा भए। त्यसपछि १६ असोज ०८० मा कृष्णानन्द जोशी आए उनको पनि २२ मंसिर ०८० मा सरुवा भयो। जोशीको सरुवा भएसँगै २८ मंसिरमै गजेन्द्रबहादुर थारू आए, उनको पनि २९ माघ ८० मा सरुवा भयो।

थारूको ठाउँमा वीरबहादुर ऐरको सरुवा भएको चर्चा भए पनि उनी अहिलेसम्म कार्यालयमा हाजिर नभएको कार्यालयले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका गजेन्द्र थारू र कृष्णानन्द जोशीको करिब दुई–दुई महिना काम गरेको देखिन्छ। जोशीको कार्यकाल दसैँ, तिहार बिदामै सकियो। यसरी कार्यालय प्रमुख सरुवा प्रकरणले कतिपय सेवाग्राहीले अनुहारसमेत नदेखेरै कर्मचारी सरुवा दौड निरन्तर जारी छ।

चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि हालसम्म चार हाकिमको सरुवाले कार्यालयको नियमित प्रशासनदेखि नीतिगत कामकाजमा प्रभाव परेको छ।

अन्यन्त्रबाट कार्यालय प्रमुखकै जिम्मेवारीमा आएका शाखा अधिकृत तीन महिना, ६ महिना, वर्ष दिनसमेत नटिक्दै सरुवा गर्ने, हुने संस्कारले स्थानीय तहको विकासका साथै नियमित कामकाजमा प्रभाव परिरहेको छ। प्रशासन शाखा प्रमुख राजबहादुर विष्टले कार्यालय प्रमुखले अस्वाभाविक सरुवाले नियमित कामकाजदेखि भुक्तानी, सम्झौताका योजना प्रभावित हुने बताए।

‘कतिपय जिम्मेवारी कार्यालय प्रमुखलाई नै दिएको हुन्छ, प्रमुख नै नहुँदा महत्वपूर्ण कामकाज योजना कार्यान्वयनमा आउन सक्दैनन्,’ उनले भने, ‘त्यसपछि पालिकाको विकासमै समस्या हुने गर्छ।’

स्थानीयले भने कमाउने उत्साहित भएर पालिकाको हाकिम भएर आउने, अनि कतै आफ्नै कर्मचारी, त जनप्रतिनिधिसँग सेटिङ नमिलेपछि सरुवा भएर जाने प्रवृत्तिले उक्त समस्या खडा गरेको बताएका छन्। कार्यालयमा काम गर्ने वातावरण नहुँदा त्यहाँबाट सरुवा मागेर अन्यन्त्र जानुपरेको सरुवा भएर गएका कर्मचारीले अनुभव व्यक्त गरेका छन्।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले काम गर्दा अख्तियारले समात्ने डर नगर्दा राजनीतिक दबाबले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने क्रम जारी रहेको बताए। 

‘मेरो हकमा मैले त्यहाँ मागेको पनि थिइनँ, निवेदन पनि दिएको थिएन, तर एक्कासि सरुवा गरिदियो, मैले सामान्य प्रशासन मन्त्रालयमा बुझ्दा दसैँ–तिहारका वेला कर्मचारीलाई तलब खुवाउनदेखि सामाजिक सुरक्षा भत्ता वितरणका लागि आग्रहअनुरूप काम गरिदिएको हुँ।’

कर्मचारीले राजनीतिक दबाब भने पनि जनप्रतिनिधिहरूले कर्मचारीले जहाँ कमिसन खान पाइँदैन, त्यहाँ कर्मचारीले कामै नगर्ने प्रवृत्ति हाबी भएको बताएका छन्। आफूअनुकूल कमिसनदेखिका कामकाज गर्न नपाएपछि हाकिमले माथिल्ला निकाय सोर्सफोर्स गरेर सरुवा गर्ने गराउने प्रवृत्ति रहेको बताएका छन्। 

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले कर्मचारीले बढी सुविधा खोज्ने, पायक पर्ने ठाउँमा जानेदेखि अनुकूलतामा मात्रै काम गर्ने प्रवृत्तिले कर्मचारी टिक्न नसकेको बताए। 

‘हामीले गैरकानुनी रूपमा दबाब दिने कुरै भएन, जनताको सेवा शीघ्र गरिदिन मात्रै निर्देशन गर्ने हो,’ उनले भने, ‘जबसम्म हरेक कर्मचारी आफ्नो कर्तव्यबारे स्पष्ट हुँदैनन्, तबसम्म यो समस्या रहिरहन्छ।’
 

ad
ad