१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याद नाघेका बिउ र विषादी बेच्ने कृषि सहकारी र एग्रोभेटलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

किसानलाई बिउबिजन बिक्री–वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेट कारबाहीमा परेका छन् । म्याद नाघेको बिउबिजन तथा विषादी बिक्री गर्ने कृषि सहकारी र एग्रोभेटहरूलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो।

बेनीघाटरोराङ गाउँपालिका– ९ मा रहेको जनभावना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई २० हजार तथा वडा नम्बर ७ मा रहेको इन्द्र भेटेरेनरी सेन्टरलाई १० हजार र वडा नम्बर १० मा रहेको मनकामना भेट एन्ड एग्रोभेटलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए। 

यसअघि गाउँपालिकाबाट अनुगमनका क्रममा दिइएको निर्देशनहरू पालना नगरेको, खरिद बिल नभएको, म्याद नाघेको बिउबिजन तथा विषादी बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको पराजुलीले बताए।

अनुगमनका क्रममा करिब ७५ हजार रुपैयाँबराबरका म्याद नाघेको विषादी तथा बिउबिजन जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए।

‘कृषि सहकारी र एग्रोभेट गरी १४ वटामा अनुगमन गरिएको हो। तीनवटालाई कारबाही र ११ वटालाई सुधार गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘नापतौल यन्त्र नवीकरण गर्नेे, म्याद नाघेका सामग्री छुट्टै ‘एक्सपाएरी जोन’ बनाई राख्नुपर्ने, स्पष्ट बुझिने गरी मूल्यसूची व्यवस्थित गर्नेलगायत निर्देशन दिइएको छ। निर्देशन पालना नगरे अनुगमन गरी कारबाही गर्छाैँ।’