१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले र रास्वपाले मागे यातायातमन्त्री ज्वालाको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गत १३ पुसमा ललितपुरको बालकुमारी घटनामा यातायातमन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष आएपछि एमाले सांसद सचेतक महेश बर्तौलाले उनको राजीनामा मागेका हुन्। बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवाको ज्यान गएको थियो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका छन्। बैठक सुरु भएलगत्तै एमाले र रास्वपाका सांसदले उठेर संसदमा विरोध जनाएका थिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले गरेको प्रश्नको जवनफ दिने कार्यसूची छ।