
नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एन्ड शान्तिबीच समझदारी भएको हो ।
समझदारीपत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख नीरज शर्मा र हेयर एन्ड शान्तिका युनिसेक्स सैलुनकी सञ्चालक विनिता बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने बताइएको छ ।
बैंक र हेयर एन्ड शान्तिबीच भएको समझदारीले ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले देशभर दुई सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।