१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुंगटा परिवारसँग दोहोरो नागरिकता प्रकरण : चार वर्षमा पनि सकिएन छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १o:o२:oo

सप्तरीको राजविराज नगरपालिका–९ घर भएका रुंगटा परिवारको दोहोरो नागरिकता प्रकरणको छानबिन गृह मन्त्रालयमा अड्किएको छ । राजेन्द्रकुमार रुंगटा, उनकी श्रीमती मन्जु रुंगटा, छोराहरू राहुलकुमार रुगंटा र अंकितकुमार रुंगटा तथा छोरी पूजा रुंगटासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी र गृह मन्त्रालयले छानबिन थालेका थिए । तर, गृहले अहिलेसम्म छानबिन टुंग्याएको छैन । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले दोहोरो नागरिकताको विषयमा छानबिन भइरहेको दाबी गरे । यद्यपि, जिल्ला प्रशासनले गृह मन्त्रालयलाई लेखेको पत्रको जवाफ नआएको र यो प्रकरणको अनुसन्धान जारी नै रहेको उनले बताए । 

दोहोरो नागरिकतासम्बन्धी मुद्दामा आरोपी रहेका पाँच जनामध्येका एक अंकितकुमार रुंगटाले आफूहरूसँग दोहोरो नागरिकता नरहेको जिकिर गरेका छन् । ‘भाउजूले मुद्दा हाल्नुभएको थियो, तर हामीसँग दोहोरो नागरिकता छैन,’ उनले भने, ‘हामीले सबैतिरबाट सफाइ पाइसकेका छौँ ।’ राजेन्द्रले २१ साउन ०२८ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए भने उनले २२ वैशाख ०७० मा प्रतिलिपि निकालेका छन् । उनको नागरिकता प्रमाणपत्र नम्बर २७१ हो । 

राजेन्द्रकी श्रीमती मन्जुदेवीले १६ जेठ ०४६ को निर्णयअनुसार सप्तरीबाट वैवाहिक सम्बन्धको नाताले अंगीकृत नागरिकता लिएकी छिन् । राहुलले पनि दिल्लीको रोहनी सेक्टरबाट पहिचानपत्र र आधार कार्ड बनाएका छन् । उनको आधार क्रमांक ५३६४९४०६७२१८ छ । राजेन्द्रका अर्का छोरा अंकितकुमारले २० कात्तिक ०६० मा सप्तरीबाट वंशजका आधारमा २११६ नम्बरको नेपाली नागरिकता लिएका छन् । अंकितले सन् २००८ मा नयाँदिल्लीको रोहिनी सेक्टरबाट एएफक्यू १२१०१९४ नम्बरको पहिचानपत्रसमेत बनाएका छन् । राजेन्द्रकी छोरी पूजाकुमारी रुंगटाले १६१००१/५२८२ नम्बरको नेपाली नागरिकता वंशजका आधारमा लिएकी छिन् ।