Skip This
सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डे पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ५ शनिबार १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १७:२६:oo

बचतकर्ताको झन्डै सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रकम हिनामिना गरेको बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई‌ं पाण्डेलाई पक्राउ गरिएको हो। गुरुङलाई बिहीबार र भैरहवा शाखा व्यवस्थापक पाण्डेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।