१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं–तराई द्रुतमार्ग : आगामी दसैँभित्र तीन सुरुङ ‘ब्रेक थ्रु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सम्पन्न भएकाे छ। चालू आर्थिक वर्ष ०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ।

आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको छ। खरिद प्रक्रियामा गइसकेका काममा मुख्य गरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन्। अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४.३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ। यी तीनवटा सुरुङ आगामी वर्षको दसैँसम्म ‘ब्रेक थ्रु’ हुने बताइएको छ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज-कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको छ। एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको बताइएको छ।

तस्बिरहरू हेर्नुहाेस् :