१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीलाई सोधेनन् प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५३:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्को प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग नलिने भएका छन्।

प्रतिनिधिसभामा आइतबार बिहान ११ बजे प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ। उक्त कार्यक्रममा सहभागिता जनाउन क्रमसंख्या ३४ देखि ४८ सम्मका सांसदलाई प्रश्न माग गरिएको थियो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रश्न बुझाउने समय बुधबार ३ बजेसम्म विपक्षी दलका नेता ओलीको प्रश्न आएन। १३ सांसदले प्रश्न उपलब्ध गराउँदा ओलीसँगै किसान श्रेष्ठले पनि बुझाएनन्।

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदले संसद् सचिवालयमा बुझाएको प्रश्न प्रधानमन्त्री कार्यालय पुग्छ। प्रश्न अध्ययन गरेर प्रधानमन्त्री जवाफ दिन सदनमा उपस्थित हुन्छन्।

प्रमुख प्रतिपक्षी दलको नेताले सरकारमाथि प्रश्न उठाउने, उत्तरदायी बनाउने जिम्मेवारी भए पनि प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी नहुनुलाई अनौठो रूपमा लिइएको छ।

ad
ad