१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इमरान खानको पार्टीबाट ओमर अयुब प्रधानमन्त्रीका उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)ले ओमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पिटिआईका वरिष्ठ नेता असद कैसरले जेलजीवन बिताइरहेका पूर्वप्रधानमन्त्री इमरान खानसँगको भेटपछि पार्टीले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सार्ने निर्णय गरेको बताएका हुन्। 

५४ वर्षीय ओमर पिटिआईका महासचिव हुन्। खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट सन् २०१३ पाकिस्तान मुस्लिम लिगबाट उम्मेदवार बनेका उनी सन् २०१८ मा आमचुनावभन्दा अघि पिटिआईमा प्रवेश गरेका थिए। 

पाकिस्तानमा यही फेब्रुअरी ८ मा सम्पन्न चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन्। इमरान खानसमर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै सिटमा जितेका छन्। सबैभन्दा ठूलो दलको नाताले पिटिआईले ओमरलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने निर्णय गरेको हो। 

यसअघि पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको पिएमएल–एनले ६ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने घोषणा गरिसकेका छन्।  उनले पिएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट नामको गठबन्धन बनाएका छन्। 

नवाजले आफ्नो कान्छो भाइ शहबाज शरिफलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन्।