मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० फाल्गुण ४ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० फाल्गुण ४ शुक्रबार १०:५४:००

बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।  

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।