मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास भ्रष्टाचार मुद्दा : जग्गा घुस लिने कर्मचारीका १३ आफन्तलाई दुई–दुई वर्ष कैद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

जग्गा कमिसनका रूपमा बकस लिने कर्मचारीका १३ आफन्त तथा बिचौलियाका दुई सहयोगीलाई पनि ललितानिवास जग्गा हिनामिना मुद्दामा बिशेष अदालतले दोषी ठहर गरि सजाय भएको छ । मतियारका रूपमा उनीहरूलाई अदालतले दोषी ठहर गरेको हो । जसमा इन्द्रबहादुर थापा क्षेत्री, शान्ति मल्ल प्रधानांग, मिठुदेवी चापागाईं, सरस्वतीकुमारी श्रेष्ठ, निर्मलादेवी श्रेष्ठ, मोहनप्रसाद भट्टराई, वैकुण्ठ शर्मा रेग्मी, खिमादेवी आङबुहाङ, शशिकला सुब्बा, विद्या पौडेल गौतम, सोदाकुमारी चापागाईं, भुवनकुमारी चापागाईं, उर्मिला शाह, रामनाथ घिमिरे र रामकल्याण अधिकारी छन् । 

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ८ (४) बमोजिमको मागदाबी लिएकामा अदालतले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) बमोजिम मुख्य प्रतिवादीलाई नै हुने सजायबराबर दुई वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला गरेको हो । उनीहरूमध्ये उर्मिला पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहकी श्रीमती हुन् । उनले पाँच रोपनी दुई पैसा दुई दाम जग्गा बकसस्वरूप लिएकी थिइन् । सुधीरविरुद्ध भने अख्तियारले मुद्दा चलाएको थिएन । 

मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी, प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएका थिए । त्यतिवेला अधिकृत रहेका र पछि सहसचिवबाट अवकाश पाएका गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंको नाममा १० आना लिएका थिए । केही जग्गा सुधीर शाहपत्नी उर्मिला र भुवनकुमारीको नाममा संयुक्त नाममा समेत पास भएको थियो । मालपोत अधिकृत धर्मराज गौतमले सालीका छोरा मोहनप्रसाद भट्टराईको नाममा खिमा र शशिकला सुब्बासँग संयुक्त रूपमा लिएको अभियोग थियो । 

जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंका नाममा चार रोपनी दुई आना लिएका थिए । कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापाको नाममा लिए  । उनले मिठुदेवी चापागाईंसँगको संयुक्त नाममा पास गरेका थिए । सुरेन्द्रमान कपालीले पनि भतिजाबुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएका थिए । युक्तप्रसाद श्रेष्ठले बहिनीको नाममा एक रोपनी १३ आना तथा श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए । समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस पाएका थिए । बिचौलिया रामकल्याण अधिकारीले दुई रोपनी १२ आना तथा रामनाथ घिमिरेले तीन रोपनी चार आना लिएका थिए । उनीहरूविरुद्ध पनि प्रहरीले किर्तेसम्बन्धी छुट्टै मुद्दा दायर गरेको छ । जुन जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।