Skip This
कसरी बाहिर आयो ललितानिवासको हिनामिना ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ४ शुक्रबार o८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कसरी बाहिर आयो ललितानिवासको हिनामिना ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o८:२o:oo

अधिवक्ता युवराज कोइरालालगायतको उजुरीका आधारमा सरकारले ०७५ मा ललितानिवास सम्बन्धी छानबिन सुरु गरेको थियो । १५ असार ०७५ मा सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा यससम्बन्धी छानबिन समिति गठन गर्‍यो । तत्कालीन गृहसचिव प्रेमकुमार राईले यससम्बन्धी छानबिनमा सक्रियता लिएका थिए।

छानबिन समितिले २६ माघ ०७५ मा प्रतिवेदन बुझाउँदै ललितानिवासको जग्गा हिनामिना भएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीबाट अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदनमा टेकेर एक वर्षभित्रै अख्तियारले छानबिन टुंग्याएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले गत १० भदौमा जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको थियो । प्रहरीले पनि पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलगायतलाई प्रतिवादी बनाएको छ । जुन मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।