१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको जारी विधान अधिवेशनमा समूहगत सुझाव संकलन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव संकलन सुरु भएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न सुरु गरिएको हो।

मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

एक समूहमा कम्तीमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो। सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरूको सहभागिता छ। भोलि बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ।