Skip This
जनयुद्धका सहयात्रीलाई एकताबद्ध हुन प्रचण्डको अपिल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १ मंगलबार १४:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जनयुद्धका सहयात्रीलाई एकताबद्ध हुन प्रचण्डको अपिल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १४:२१:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्।

माओवादी केन्द्रले आयोजना गरेको २९औँ जनयुद्ध दिवसको आज उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गरे

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध हुन आग्रह गर्दछु। ढिलो नगरी आउनुहोस् बसौँ, समीक्षा गरौँ। नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ।’

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे।

नेपालको इतिहासको जनयुद्धकाे दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे।

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताए।

सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरूले यस बिदालाई भव्य रूपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए। 

‘नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘शान्तिप्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रूपान्तरण गरेको छ, उहाँकाे दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो।’

संघीय लोकतान्त्रिक गणतन्त्र मात्र आफ्नाे लक्ष्य नभएको उल्लेख गर्दै शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतान्त्रिक दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए। 

समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए।