१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

दाइजोमा देशको स्वतन्त्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१o:oo

नेता सुभाषचन्द्र बोस भारतीय स्वतन्त्रता संग्रामका एक हस्ती हुन् । उनले स्वतन्त्रता संग्राममा सहभागी हुँदा उनी अविवाहित नै थिए । त्यसैले उनीसित यस विषयमा पटक–पटक प्रश्न गरिन्थ्यो । उनी जहाँ गए पनि उनलाई विवाहसम्बन्धी प्रश्न सोध्ने कोही न कोही निस्किहाल्थ्यो । त्यस्तै एकपटक उनलाई कुनै महाशयले सोधे, ‘नेताजी, तपाईंले यो उमेरसम्म बिहे गर्नुभएको छैन । आखिर तपाईं किन बिहे गर्नुहुन्न ? कहिलेसम्म तपाईं यसरी अविवाहित रहेर एक्लो जीवन बाँच्नुहुनेछ ?’

ती सज्जनको प्रश्न सुनिसकेपछि नेताजी एकछिन गम्भीर बने र केही मन्द मुस्कानसाथ जवाफ दिए, ‘हेर्नुस्, विवाह त म अहिल्यै गर्छु, तर कसैले मलाई मैले चाहेको दाइजो पनि त दिनुपर्‍यो । आखिर मैले चाहेको दाइजो दिन कोही तयार छ भने भन्नुहोस्, म तत्कालै बिहे गर्छु ।’

नेताजीको जवाफ सुनिसकेपछि ती सज्जनले भने, ‘तपाईंलाई त जसले पनि आफ्नी छोरी दिन चाहन्छ । त्यसैले तपाईंजस्तो महान् नेतासँग बिहे गरिदिनका लागि उनीहरू जस्तोसुकै दाइजो पनि दिन सक्छन् । त्यसैले तपाईं बिहे गर्छु मात्र भन्नुहोस् न । म तपाईंलाई छोरी दिन र तपाईंले मागेको दाइजो दिन तयार पिताहरूको लाइन लगाइदिन सक्छु ।’ उनको उत्साह देखेपछि नेताजीले भने, ‘तपाईंको सदाशयता म बुझ्छु । मलाई दाइजोमा आफ्नो देशको स्वतन्त्रता चाहिएको छ । अब भन्नुहोस्, कसले दिन्छ मलाई मेरो देशको स्वतन्त्रता ? यदि कोही त्यसका लागि तयार छ भने म पनि बिहे गर्न तयार छु ।’ नेताजीको यसतो जवाफ सुनेपछि ती सज्जनको बोली बन्द भयो ।

ad
ad