१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रयासनगर फुटसलको उपाधि जन्मभूमिलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

प्रयासनगर फुटसल प्रतियोगिताको उपाधि लियो क्लब अफ काठमाडौं जन्मभूमिले जितेको छ।

काठमाडौंको ज्ञानेश्वरस्थित मिड भ्याली कलेजको मैदानमा भएको फाइनलमा लियो क्लब अफ काठमाडौं आयामलाई पेनाल्टीमा १ गोलअन्तरले पराजित गर्दै जन्मभूमि क्लबले उपाधि जितेको हो।

आयोजकका अनुसार निर्धारित समयमा २–२ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा जन्मभूमिले ३ र आयामले २ गोल गरेका थिए। विजेता जन्मभूमिले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता क्लब आयामले ८ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाएको छ।

दुई दिनसम्म चलेको प्रतियोगितामा क्लब आयामका मिलन बरुवाल उत्कृष्ट खेलाडी घोषित भए। उनले २५ सय नगद र विभिन्न उपहार प्राप्त गरे। क्लब जन्मभूमिका मनोज नेपाली उत्कृष्ट गोलकिपरबाट पुरस्कृत हुँदै २५ सय नगद र उपहार पाए। 

सेमिफाइनलमा पुगेको लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीका अनिल आचार्य सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। प्रतियोगिताभर १० गोल गरेका आचार्यले २५ सय नगद पुरस्कार र उपहार प्राप्त गरे।

लियो क्लबहरूबीच फुटसल आयोजना गरेको लियो क्लब अफ प्रयासनगरका सचिव नवीन बस्नेतका अनुसार १७ टिम सहभागी प्रतियोगितामा जन्मभूमि, आयाम र छाब्दीबाराहीसहित लियो क्लब अफ काठमाडौं विशालबजार र लियो क्लब अफ काठमाडौं दरबारमार्ग सेमिफाइनलमा पुगेका थिए।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले उद्घाटन गरेको प्रतियोगितामार्फत सामाजिक कार्यबाट माथि उठेर भाइचारा सम्बन्ध बढाउने र अपांगता भएका व्यक्तिहरूलाई प्रशिक्षण सीपका लागि सहयोग गर्न खोजिएको प्रयासनगरका अध्यक्ष विराट केसीले बताए।

युवाहरूबीच भएको प्रतियोगितालाई मिड भ्याली इन्टरनेसनल कलेज, खल्ती एप, किबु इनर्जी ड्रिंक, हाई फ्युचर, सचित डायनामिक योगा, नाट एभिएसन एकेडेमी, फायर एन्ड रेस्क्यु एकेडेमी र ग्रिनसिटी हस्पिटलले प्रायोजन गरेका थिए।