१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
रासस इस्लामावाद
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जनवरीमा पाकिस्तानको विप्रेषण २६ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

सन् २०२४ जनवरीमा पाकिस्तानमा विप्रेषण अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रीय बैंक (एसबिपी)ले जनाएको छ।

विदेशमा रहेका कामदारहरूबाट जनवरीमा आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो।

पाकिस्तानको विप्रेषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्स (युएई)बाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर विप्रेषण आएको केन्द्रीय बैंकले जनाएको छ।