Skip This
एक करोड ८२ लाख नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Monday, 12 May, 2025
२o८o माघ २९ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक करोड ८२ लाख नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १६:२o:oo

एक करोड ८२ लाख ५१ हजार नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले सुनसरीको इनरुवाबाट एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। 
 
भारतको बिहार राज्य वीरपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले आइतबार भारतीय नम्बर प्लेट (बिआर ११X३४२९)को स्कारपियो चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाएर राखेको अवस्थामा अठार हजार दुई सय ५१ थान नक्कली नोट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।