१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पालिकास्तरीय बृहत् पढाइ मेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

हुम्ला–कालीकोटको नरहरिनाथ गाउँपालिकामा पालिकास्तरीय बृहत् पढाइ मेला भएको छ। गाउँपालिका केन्द्र कुमालगाउँमा पढाइ मेला भएको हो।

पढाइ मेलामा गाउँपालिकाका १३ आधारभूत विद्यालय, ६ वटा माध्यमिक र एक हजारभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावकले अवलोकन गरेको किर्डाक नेपाल कालीकोट परियोजना संयोजक पदमराज हमालले जानकारी दिए।

पालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न गाउँपालिमामा पहिलोपटक बृहत् पढाइ मेला तथा शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरिएको परियोजना संयोजक हमालले बताए।

मेलामा बालबालिकाले निर्माण गरेका डोजर, गाडी, पठन तथा खेलका सामग्री, पाठ्य पुस्तक, अक्षरपत्ती खेलजस्ता विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामग्री प्रदर्शनी गरिएको हमालको भनाइ छ।

पढाइ मेलामा स्थानीय स्रोत–साधन प्रयोग गरेर शैक्षिक सामग्री तयार  नेपाली, अंग्रेजी, विज्ञान र प्रविधि, सामाजिक, खेल, चित्रकला, चित्रकथा, गणित, पेपरक्राफ्ट विधाका सामग्री मेलामा प्रस्तुत गरिएको थियो।