१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

इन्फिनिटी लघुवित्तद्वारा सातै प्रदेशमा क्वालिटी ग्रोथ तालिम सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:oo:oo

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सात प्रदेशका ४३ वटा जिल्लाका ९५ वटै शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई एएमएलसिएफटी तथा क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको छ।

सम्पूर्ण प्रदेशमा सो कार्यक्रम वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोकेबमोजिमको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरूलाई प्रशिक्षित गरिएको थियो। 

लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीहरूलाई समय समयमा यस्ता किसिमका तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए। 

तालिममा जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलीका विशेष रणनीति, उच्च मनोबलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनीति र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम वृद्धिका उपायहरूको विषयमा वित्तीय संस्थाका कर्जा असुली एवं अनुगमन तथा सुपरिवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरूलाई प्रशिक्षित गरेका थिए। 

मानव संशाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरूलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संशाधन विभागसँग सम्बन्धित विषयमा सहजीकरण गरेका थिए। 


 

ad
ad