१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २८ आइतबार १३:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

धनगढी उपमहानगरकाे साझेदारीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन

Read Time : < 1 मिनेट
२०८० माघ २८ आइतबार १३:०१:००

धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रूपमा खेलाडी छनोटको काम सुरु गरिएको छ।

धनगढी– १८ फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं. १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोटको काम सुरु गरिएको हो।

फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुला रूपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०/७० छात्रा गरी एक सय ४० जनाले नाम टिपाएकाे गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको सहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ।

प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताए। उनले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिए।

धनगढी– १२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फूलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाइ थियो।

गत माघ ६ गते उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले धनगढीमा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा प्रशिक्षक झा र क्षेत्रीलाई नियुक्त गरिएको जनाइएको छ।

धनगढीका दुई नमुना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ। रासस