१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड मुसिकोटको कब्जामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५१:oo

तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड मुसिकोट नगरपालिकाले जितेको छ।

मुसिकोट नगरपालिकाले लगातार तेस्रो वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कब्जा गरेको हो। मुसिकोट १७ स्वर्ण, २० रजत र २३ कांस्य गरी ६० पदकसहित प्रथम भएको हो।

इस्मा गाउँपालिका नौ स्वर्ण, तीन रजत र पाँच कांस्य गरेर १७ पदकसहित दोस्रो हुँदा गुल्मी दरबार गाउँपालिका आठ स्वर्ण, पाँच रजत र सात कांस्य गरी २० पदकसहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए।

यसैगरी, रेसुंगा नगरपालिकाले सात स्वर्ण, चार रजत र १० कांस्यसहित २१ पदक, चन्द्रकोट गाउँपालिकाले चार स्वर्ण, सात रजत र आठ कांस्यसहित १९ पदक प्राप्त गरेको छ।

मालिका गाउँपालिकाले दुई स्वर्ण, ६ रजत र पाँच कांस्य गरी १३, मदाने गाउँपालिकाले दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी ६, धुर्कोट गाउँपालिकाले दुई स्वर्ण र तीन कांस्य गरी पाँच र छत्रकोट गाउँपालिकाले एक स्वर्ण, चार रजत र एक कांस्य गरी ६ पदक जितेको छ।

सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक कांस्य गरेर दुई, कालिगण्डकी गाउँपालिकाले एक स्वर्ण, रुरु क्षेत्र गाउँपालिकाले चार रजत र पाँच कांस्य गरी नौ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले जानकारी दिए।

माघ २४ देखि २६ सम्म सञ्चालित प्रतियोगिताका जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका थिए। प्रतियोगितामा महिला तथा पुरुष भलिबल, दौड, तेक्वान्दो, कबड्डी, हाइजम्प, लङजम्प, कराँते, उसुलगायतका खेलमा आठ सय बढी खेलाडीहरूले प्रतिस्पर्धा गरेकाे जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरीप्रसाद महाकिमले जानकारी दिए।

सबै खेलाडीको दुर्घटना बिमा गरिएको थियो। खेल अवधिभर जिल्ला अस्पतालले प्राथमिक उपचार, एम्बुलेन्स र जनशक्तिको प्रबन्ध गरेको थियो। त्यस्तै, स्वयंसेवक तथा निर्णायकमा नेपाली सेना र सशस्त्र प्रहरी बल एवं सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले सहयोग गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमले बताए।

ad
ad