१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ २७ शनिबार ०९:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

Read Time : < 1 मिनेट
२०८० माघ २७ शनिबार ०९:२५:००

सिराहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ।करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका- ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार दासलाई प्रहरीले खोजतलासको क्रममा गोलबजार नगरपालिका- ४ स्थित शिव मन्दिरनजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी बिहीबार सिराहा जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ। 

सिराहा परिवर्तित नाम ०८०/८१ गोलबजार (‘‘छ१) को जाहेरीको आधारमा प्रतिवादी दास पक्राउ परेका हुन्। गत २८ मंसिरको साँझ करिब ६ बजेतिर जबर्जस्ती करणी गरी फरार रहेका उनलाई पक्राउ गरी गोलबजार प्रहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।