१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १२:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

परदेश यात्राअन्तर्गत स्वस्थानी व्रतालु पशुपतिमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२४:oo

एकमहिने स्वस्थानी व्रतको परम्पराअनुसार व्रतालुहरूले परदेश यात्राअन्तर्गत आज शुक्रबार बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले पूजा गरेका हुन्। हिजो बिहीबार पशुपति आइपुगेका व्रतालुहरू आज फर्पिङ जानेछन्।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहनेछ। माघ स्नान गर्ने र अधिकांश हिन्दूले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा–आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। स्वस्थानी व्रतका वेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ।

स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ। शिव–पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रूपमा सोही व्रतकथा प्रचलन हुँदै आएको मानिन्छ।