मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसलाविरुद्ध चौँरीदेउरालीले जनयुद्ध दिवसमा दियो सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

काभ्रेको चौँरीदेउराली गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर १ फागुनमा सार्वजनिक बिदा दिएको छ। सर्वोच्च अदालतको फैसलाविरुद्ध सो गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।

माघ २५ गते चौँरीदेउराली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाईंद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा बिदा दिने उल्लेख छ।

उक्त सूचना अनुसार माघ २२ गतेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा यस गाउँपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्थालगातयका सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संघसंस्थाहरूमा मिति २०८० फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिएको छ।

जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो। ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार जनयुद्ध दिवसमा बिदा दिने सरकारी निर्णय बदर गरेका थिए।