१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘राष्ट्रनिर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo

समुदायद्वारा सञ्चालित सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरिएको छ । समुदायद्वारा सञ्चालित क्याम्पसमा बिहीबार आयोजित समारोहमा मधेश प्रदेशका पूर्वप्रदेशप्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्रनिर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरे ।

रूपनगर क्याम्पसले विपन्न तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षामा सघाउने उद्देश्यले अक्षय कोष रकममा प्राप्त हुने बैंक ब्याजबाट छात्रवृत्ति उपलब्ध गराउने क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए । ‘अक्षय कोषलाई १० करोड रुपैयाँको बनाएर हाम्रो क्याम्पसमा अध्ययन गर्ने सबै छात्रछात्रालाई निःशुल्क शिक्षा दिने सपना छ,’ गजुरेलले भने । गाउँमा उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए । 

क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले कोषमा ५१ हजार रुपैयाँ थप गर्ने घोषणा गरे । अक्षय कोषमा रूपनगरनिवासी रामप्रसाद खतिवडाले २१ हजार एक सय ११ रुपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रुपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपैयाँ प्रदान गरेका छन् । 

कार्यक्रममा सहभागी उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थी प्रोत्साहित हुने आशा व्यक्त गरे । कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीलाई आफूले र नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक शम्भुप्रसाद घिमिरेलाई प्रमुख अतिथि बनाएर प्रशासनिक ओहोदाभन्दा गुरुजनको स्थानमाथि रहेको सन्देश दिइएको प्राध्यापक गजुरेलले जानकारी दिए । राष्ट्रनिर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले शिक्षामा आफूले गरेको योगदान सार्थक भएको धारणा गरे। 
 

ad
ad