Skip This
सार्वजनिकस्थलमा फोहोर वर्गीकरण बिन राख्दै महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २६ शुक्रबार १o:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सार्वजनिकस्थलमा फोहोर वर्गीकरण बिन राख्दै महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १o:o१:oo

काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा आवतजावत गर्ने उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न बिन राख्ने भएको छ । यसका लागि एउटा सेटमा दुईवटा बिन हुन्छन्, यसमध्ये हरियो बिनमा कुहिने र रातो बिनमा नकुहिने फोहोरका लागि राखिने भएको हो ।

महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्-
उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । 

महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रूपमा वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागिएको हो ।

उनले भने, ‘यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराउँदै छौँ । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ संकेतसहितको सवारीसाधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ ।’

१९ सय ५० सेट संकलन बिन राखिँदै
महानगरले विभिन्न स्थानमा १९ सय ५० सेट संकलन बिन राख्न लागेको हो । यसरी राखिने सेटहरू दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको छ  । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्रामको फलामे स्ट्यान्डमा बिन राखिनेछन् । यस्ता बिन तीन सय सेट राखिनेछन् । मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइको स्ट्यान्ड हुनेछ । एक सय २५ लिटर क्षमताका दुई वटा बिन राखिनेछन । बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने जानकारी हुनेछ ।