१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जिएलडी नक्सा सच्याउन उपमेयर डंगोलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४४:oo

निर्देशित जग्गा विकास (गाइडेड ल्यान्ड डेभलपमेन्ट, जिएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले बताएकी छिन् । बिहीबार डंगोलको अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको समन्वय बैठकमा उनले यस्तो बताएकी हुन् ।

‘यसअघिको नक्सा टेबलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ । यसले कार्यान्वयनयोग्य नक्सा बन्छ । विकासमा स्थानीय सहभागिता बढ्छ । अपनत्व हुन्छ,’ डंगोलले भनिन्, ‘युनिभर्सल डिजाइनमा काम गरौँ । यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’

‘जसको जिम्मेवारी, उसैको जवाफदेहिता’ आधारभूत सिद्धान्त हो । तर, काठमाडौंमा पूर्वाधार निर्माण गर्ने निकायसँग भन्दा महानगरपालिकासँग जनअपेक्षा धेरै छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले एकीकृत विकासका लागि साझेदारबीच समन्वय र सहअस्तित्व स्वीकारमा जोड दिए । उनले भने, ‘काठमाडौंका लागि आफूले मात्र उत्कृष्ट काम गरेर पुग्दैन । अरूको कामलाई पनि उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्छ । सहज र दिगो विकास सबैको दायित्व हो भन्ने भावना जागृत गराउनुपर्छ ।’ छलफलमा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले मीनभवन र बबरमहलमा यात्रुका लागि र्‍यामसहितको आकासे पुल निर्माण गर्ने योजना भएको बताए । 

ad
ad