१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरपालिका भवन बनाउन नक्कली बैंक ग्यारेन्टी, दुईजना दोषी ठहर

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o६:oo

सर्लाहीको लालबन्दी नगरपालिका भवन निर्माणका क्रममा निर्माण व्यवसायीसमेतको मिलेमतोमा अनियमितता भएको विषयमा विशेष अदालतले फैसला दिएको छ। यस मुद्दामा एकजनाले सफाइ पाएका छन् भने दुईजना दोषी ठहर भएका छन्। 

बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा अन्तिम निर्णय गरेको हो। प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार अनिल गुप्ताले सफाइ पाएका छन् भने सन्तोषविक्रम साह र शिवनन्दन पासवानलाई विशेषले दोषी ठहर गरेको छ। 

भवन बनाउने ठेक्का पाएका लोकवीर बेताली-पाँचकुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानले ४२ लाख रुपैयाँको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तयार गरेको भेटिएको थियो। उनीहरूले उक्त नक्कली ग्यारेन्टीका आधारमा भुक्तानीसमेत लिइसकेका थिए। जसपछि नगरपालिका भवन निर्माण कार्य रोकिएको थियो। 

यसरी नक्कली बैंक ग्यारेन्टी सर्लाहीको मलंगवास्थित नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम साहले गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो। उनीमाथि ३ फागुनमा सजाय निर्धारण हुने भएको प्रवक्ता कार्कीले जानकारी दिए। 

ठेकेदारमध्येका पासवानलाई भने दुई वर्ष कैद सजाय हुने भएको छ। साथै, बिगोबराबरको ४२ लाख पनि जफत हुने विशेषको ठहर छ। अख्तियारले अनुसन्धानपछि २२ भदौ ०७८ मा तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो। जसमाथि आंशिक ठहरको फैसला भएको हो।