१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रतिकात्मक तस्बिर
रासस सिन्धुपाल्चोक
२o८१ बैशाख २० बिहीबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

Read Time : < 1 मिनेट
रासस, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२७:oo

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ३ र चौतारा साँगाचोकगढी नगरपालिका– ११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका– ३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुनभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका छन्। उनले यो काममा सहयोग पुर्‍याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोध गरेका छन्।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका– ११ ले पनि बाँदरको आतंक नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ। बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउँछन्।

गाउँमा युवा नभएका तथा वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ। यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो। बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लागाएको वडाध्यक्ष गिरीको भनाइ छ।

ad
ad