१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नागार्जुनमा पञ्चकन्या देवी मन्दिर बनाउन महायज्ञ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o१:oo

नागार्जुन नगरपालिकाको उमागाउँमा पञ्चकन्या देवीको मन्दिर बनाइने भएको छ। सातौँ शताब्दीकै शिलालेखमा उल्लेख भएका शक्तिपीठमध्येको पञ्चकन्या देवीको मन्दिर निर्माण गर्ने तयारी गरिएको हो। 

पञ्चकन्या देवीस्थाननजिकै सन्दुक आकारमा चारपाटे ढुंगा रहेको यसलाई हातले बजाउँदा मादलको जस्तो ध्वनि आउने हुनाले यसको प्रवर्द्धन पनि गर्ने उद्देश्य रहेको स्थानीय सन्तोष गिरीले बताए। सोही ढुंगाको भित्तापट्टि ब्रह्मलिपिमा कुँदिएका अक्षर हालसम्म कसैले पढ्न नसकेकाले यसको पुरातन महत्त्व रहेको उनको भनाइ छ।
 
देवीको महिमा र यस क्षेत्रको प्रचारप्रसारका लागि स्थानीय समुदायको चाहनाअनुरूप श्री पञ्चकन्या देवी सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकको भनाइ छ। महायज्ञ २६ माघदेखि चार फागुनसम्म हुने गिरीले बताए।

 

ad
ad