१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ अस्पतालमा सेवा विस्तार, ओपिडी सेवा दैनिक १० घण्टा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१o:oo

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको लमजुङ अस्पतालमा आइतबारदेखि ओपिडी सेवा विस्तार गरिएको छ।

अस्पतालले यसअघि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सेवा प्रवाह हुँदै आएकोमा अहिले एक हप्ता परीक्षणपछि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दैनिक ओपिडी सेवा प्रदान गर्ने भएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले ओपिडी सेवा विस्तार कार्यक्रमअन्तर्गत अस्पतालमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म साथै शनिबार र बिदाको दिनमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ओपिडी सेवा सञ्चालन गरिने बताए।

स्वास्थ्य बिमा गरेकाले पनि विस्तारित समयमा समेत सेवा लिन पाउनेछन्। ५० शय्याको अस्पतालमा हाल ८४ बेडको व्यवस्था गरिएको छ।

लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आइतबारदेखि थप ४ घण्टा ओपिडी सेवा विस्तार गरिएको बताए। उनका अनुसार नेपालमै सरकारी अस्पतालले ओपिडी सेवा विस्तार गरेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा विस्तार गर्नेमा लमजुङ अस्पताल तेस्रो हो। इमर्जेन्सी सेवा भने २४सै घण्टा खुला रहेको उनले बताए।

विस्तारित सेवाबापत अस्पतालले कुनै थप शुल्क नलिने, तर थप समय खटेबापत मेडिकल अफिसर र अन्य कर्मचारीलाई सुविधा थपिनेछ। कर्मचारी, विद्यार्थी, उद्योगी–व्यवसायी साथै मजदुर विस्तारित सेवाबाट भरपुर लाभान्वित हुनेछन्

बिहान ८ बजेबाटै ओपिडी सेवा पाउने भएपछि टाढाबाट आएका सेवाग्राही पनि सुविधा लिएर घर फर्किने समय पुग्ने हुँदा यो सेवा दिइएको अस्पताल प्रशासनले बताएको छ। 
 

ad
ad