१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नारायणगढ–बुटवल सडक : एक महिनामा खाल्डाखुल्डीरहित बनाउन मन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:१६:oo

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडकखण्डलाई एक महिनाभित्र खाल्डाखुल्डीरहित बनाउन चिनियाँ ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा उनले सडक विस्तार निर्धारित समयमै पूरा गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसी)लाई निर्देशन दिएका हुन् ।

देशकै लाइफलाइनका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएपछि सरकार र ठेकेदार कम्पनीको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्मले सडक विस्तारलाई गति दिन दबाब दिइरहँदा पनि अपेक्षित उपलब्धि हासिल नभएको मन्त्री ज्वालाले बताए । सडक निर्माणले गति नलिएपछि सांसद विनोद चौधरीले विभागीय मन्त्री, सचिव, चिनियाँ ठेकेदार, ऋणदाता एडिबीका प्रतिनिधि, सडक विभागका महानिर्देशक, सांसद, स्थानीय तहका जनप्रतिनिधीसहितको छलफल डाकेका हुन् । 

‘अब हामीले कुनै कारणले सडक विस्तारमा ढिलाइ भएको सहन सक्ने अवस्था छैन,’ मन्त्री ज्वालाले भने, ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ, अब सह्य हुँदैन ।’ म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने उनको भनाइ थियो ।  

बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । ठेकेदार कम्पनीले पटक–पटक प्रतिबद्धता जनाउने, तर पूरा नगर्ने विषय अब सह्य नहुने बताउँदै उनले लक्ष्यअनुसार काम नगर्ने ठेकेदारबाट ‘ड्यामेज क्लेम’ गरी उसकै पैसामा अन्य ठेकेदारलाई परिचालन गर्न ढिलाइ गर्न नहुने बताए । उनले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय बासिन्दाले धेरै दुःख पाइसके, अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’ 

यस्तै, भौतिक सचिव केशव शर्माले सडक विस्तारमा ढिलाइ हुँदा सवारीचालक, यात्रु र स्थानीयले धेरै दुःख पाइरहेको बताउँदै अब यो वा त्यो बाहना बनाएर ढिलाइ गर्न नपाउने निर्माण कम्पनीलाई चेतावनी दिए । एक सय १३ किलोमिटर लामो नारायणगढ–बुटवल सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ । १९ डिसेम्बसर २०१९ मा ठेक्का सम्झौता भएको सडक विस्तार १४ अगस्ट २०२२ मा सम्पन्न हुनुपथ्र्यो । तर, समयमा काम सम्पन्न नभएपछि सरकारले २१ जुलाई २०२४ सम्म म्याद थप गरेको छ । यो समयभित्र पनि निर्माण सम्पन्न नहुने भन्दै ठेकेदार कम्पनी म्याद थप्ने पक्षमा छ । नारायणगढदेखि दाउन्नेसम्मको पहिलो खण्डमा जनवरी २०२४ सम्म ४६.१३ प्रतिशत प्रगति भएको छ । यस्तै, दाउन्नेदेखि बुटवलसम्मको दोस्रो खण्डमा ४२.४६ प्रतिशत प्रगति हासिल भएको बताइएको छ । 

डेढ महिनामा कालोपत्रे गर्ने ठेकेदारको प्रतिबद्धता
ठेकेदार कम्पनीका प्रतिनिधिले एक–डेढ महिनाभित्र बर्दघाट र सुनवल बजारमा कालोपत्रे गरिसक्ने बताएका छन् । चिनियाँ ठेकेदार र आयोजनाका तर्फबाट खटिएका प्रोजेक्ट हेडहरूले बर्दघाट र सुनवल बजारमा कालोपत्रे फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् । सांसद चौधरीले छलफलमा बोलेको कुरा कार्यान्वयन गर्नका लागि दुम्किबास–बुटवल सडकखण्डका प्रोजेक्ट हेड शशांक मिश्रलाई निर्देशन दिए । उनले भने, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने सह्य हुनेछैन ।’ 

ad
ad