Skip This
निःशुल्क पार्किङबारे बालेनले भने– नेपाल सरकारको सम्पत्तिमाथि  निजी स्वार्थको रजाइँ गर्ने मनसाय बन्द गरौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २२ सोमबार o८:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निःशुल्क पार्किङबारे बालेनले भने– नेपाल सरकारको सम्पत्तिमाथि  निजी स्वार्थको रजाइँ गर्ने मनसाय बन्द गरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार o८:२८:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले धरहरामा सुरु भएको निःशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि  रजाइँ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने चेतावनी दिए  ।

उनले लेखेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा दुई वर्ष नाै महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे  ।’ तर, केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू ।’

उद्घाटन गरेको दुई वर्ष नाै महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो, नबनेको भए म बीसौँ तलामा कसरी पुगेँ, भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुनेजस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको बताए ।  केपी ओलीप्रति लक्षित गर्दै भने, ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुनेजस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ ।’

मेयर बालेनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा  नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् । 

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगरौँ । सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुनेछैन । महानगरको पहलमा अहिलेका लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ  ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्था लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौँ ।’