१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format २o:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इमरान खानकी बहिनीविरुद्ध ‘राज्यविरोधी’ भाषणका लागि अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२७:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा अनुसन्धान सुरु गरेको छ। 

दी एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार एफआइएले कथित रूपमा जनता र पाकिस्तानी सशस्त्र बलबीच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको हो। फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाइएको छ। 

एजेन्सीका सहायक निर्देशक अनुसन्धान एजाज अहमद शेखले जारी गरेको सूचनामा गृह मन्त्रालयको अनुरोधमा एफआइए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको बताइएको छ। 

एक्सप्रेस ट्रिब्युनले शनिबार दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबीच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको छ र उनलाई इस्लामाबादमा एफआइएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ।

उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सिआरपिसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ अन्यथा कानुनी कारबाही गरिनेछ भन्ने उल्लेख गरिएको थियो। अलिमालाई उक्त सूचना उनको लाहोरस्थित निवासमा प्राप्त भएको छ।