१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४२:oo

लमजुङ जिल्लाको सदरमुकाम बेँसीसहरमा रहेको लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना भएको छ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले रक्त सञ्चार केन्द्रकाे उद्घाटन गरेका हुन् ।

रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै  गुरुङले अस्पतालको पूर्वाधार निर्माण साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफू सहयोग गर्न तयार रहेको बताए  । रक्त सञ्चार केन्द्रसहित अस्पतालमा जडान गरिएको तीन सय केभी ट्रान्सफर्मरको समेत उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री मधु अधिकारीले आफू स्वास्थ्यमन्त्री भएकै वेलामा गण्डकी प्रदेशमा सुत्केरी महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कार्यको सुरुवात गरेको  बताइन् । उनले भनिन्, ‘अब जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भएको छ, रगतका लागि नागरिकले सास्ती खेप्नुपर्दैन ।’

दैनिक तीन सयदेखि ४ सयको हाराहारीमा बिरामी आउने जिल्ला अस्पतालमा यसअघि रक्त सञ्चार केन्द्र नहुँदा निकै समस्या हुने गरेको थियो । एक सय ८० प्याकेट सञ्चित हुने क्षमताको रक्त सञ्चार केन्द्र स्थापना भएपछि बिरामीहरूलाई आगामी दिनमा सहज हुने विश्वास लिइएको  छ ।
 

ad
ad