मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २० शनिबार
  • Friday, 14 August, 2026
२o८o माघ २० शनिबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशी जनताका माग कांग्रेसले मात्रै उचित सम्बोधन गर्छ : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २० शनिबार ११:४४:oo

कांग्रेस नेता प्रकाशमान सिंहले संविधानले व्यवस्था गरेअनुसार अधिकारको बाँडफाँट गर्नुपर्ने बताएका छन्।

कांग्रेस सिराहाले आज समुदायमा कांग्रेस अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रममा सहभागी भएका नेता सिंहले सो कुरा बताएका हुन्।

मधेश प्रदेशका लागि राज्यका हरेक ठाउँमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने बताउँदै उनले मधेशी जनताले उठाएका जायज माग कांग्रेसले मात्रै उचित सम्बोधन गर्ने दाबी गरे।

उनले भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस गरेकोप्रति चिन्ता व्यक्त गरे। साथै, नेता सिंहले कांग्रेस यसपटक गाउँ–गाउँ पुगेर जनताका पिर–मर्का सुनिरहेको र जनताका सुझावका आधारमा पार्टी अगाडि बढ्ने बताए। ‘जनतासँग कांग्रेस अभियान’ले पार्टी र मुलुक रूपान्तरणका लागि महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उनको भनाइ थियो।