मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप : आर्मी र थ्री स्टार उपाधिका लागि प्रतिस्पर्धा गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५६:oo

थ्री स्टार छैटौँ र आर्मी पहिलोपटक ट्रफी उचाल्ने योजनामा 

२३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा हुने त्रिभुवन आर्मी र थ्री स्टार क्लबबीच भिड्न्त हुँदै छ । आर्मी यसअघि चारपटक फाइनलमा पुग्दा पनि उपाधविहीन छ । थ्री स्टारले पाँचपटक ट्रफी उचालेको छ । थ्री स्टारको यो साताैँ पटकको फाइनल यात्रा हो । ०७५ मा सम्पन्न प्रतियोगिताको फाइनलको टाइब्रेकरमा ५–४ ले आर्मीलाई थ्री स्टारले हराएको थियो । पाँच वर्षपछि आर्मीले फाइनलमा व्यहोरेको हारको बदला लिने अवसर निकालेको छ । यसपटकको फाइनल जसले जिते पनि रेकर्ड बन्नेछ । आर्मी पहिलो र थ्री स्टार छैटौँपटक उपाधि उचाल्नका लागि प्रतिस्पर्धा गर्नेछन् । 

आर्मीले प्रिक्वार्टरफाइनलमा राइजिङ स्टार फुटबल क्लबलाई १–० ले हराएको थियो । क्वार्टरफाइनलमा आर्मीले साबिक विजेता संकटामाथि ३–० र  सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पाखा लगाएको थियो । थ्री स्टारले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ ले र क्वार्टरफाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० ले हरायो । सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टारले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको थियो ।

उपाधि भिडन्तको एक दिनअघि शुक्रबार आर्मीका प्रशिक्षक मेघराज केसीले यसपटक आर्मीले उपाधि जित्ने दाबी गरेका छन् । ‘आर्मी यसपटक इतिहास कोर्ने उद्देश्यसहित मैदान उत्रनेछ,’ केसीले भने, ‘जितका लागि टोली सक्षम छ । लगातार चार–पाँच महिनादेखि निरन्तर अध्यासमा खेलाडी छन् ।’ यसअघि आफ्नै प्रशिक्षणमा थ्री स्टारले दुईपटक उपाधि जितेको स्मरण गर्दै उनले अब तेस्रोपटक आर्मीलाई ट्रफी दिलाउने आत्मविश्वास देखाए । 

‘यसपटकको संस्करणमा धेरै टोलीले समेत नयाँ खेलाडीलाई मैदानमा उतारे, फाइनल खेल दर्शकका लागि हेर्न लायक र रोमाञ्चक बनाउने हामी प्रयास गर्छौँ,’ केसी भन्छन् । 

गुरु र चेलाबीचको भिडन्त
पोखरा रंगशालामा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा भइरहँदा टर्च लाइनमा रमाइलो दृश्य देख्न पाउने पक्का छ । थ्री स्टारका प्रशिक्षक विक्रम लामा र आर्मीका मेघराजले आ–आफ्ना खेलाडीलाई निर्देशन दिइरहनेछन् । यसमा रमाइलो पक्ष के भने मेघराज थ्री स्टारका पूर्वप्रशिक्षक हुन् । अहिले थ्री स्टारको प्रशिक्षकको जिम्मेवारी भूमिका निर्वाह गरिरहेका लामालाई समेत प्रशिक्षण गराए । यसकारण आजको भिडन्तमा गुरु र चेलाबीच श्रेष्ठताको लडाइँ हुनेछ । थ्री स्टारका प्रशिक्षक विक्रम लामाले आफ्नै गुरुविरुद्ध प्रतिस्पर्धा गर्न लागेकाले फाइनललाई एउटा अवसरका रूपमा लिने बताए ।

‘गुरुले सिकाएका पक्षहरूलाई मनन गरी सोहीअनुसार मैदानमा प्रस्तुत हुने प्रयास हुनेछ,’ लामाले भने, ‘उपाधिका लागि उत्साहित छु, यसका लागि मिहिनेत गरेको छु ।’ फाइनलसम्मको यात्रामा भएका गल्ती सुधार भएको बताउँदै उनले उपाधि भिडन्तमा थप सुधार हुने जनाए ।