१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले कैलालीको अधिवेशन फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५o:oo

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी ६ र ७ फागुनमा हुने भएको छ । कैलालीको सुखडमा हुने अधिवेशनले अध्यक्षलगायत पाँचजना पदाधिकारीसहित एक सय ५० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ।

एमाले कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर जिल्ला अधिवेशनको तयारी अगाडि बढाइएको जनाएको छ । एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले अधिवेशनमा पाँच सय ६० जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अधिवेशनमा प्रमुख अतिथिका रूपमा पार्टी अध्यक्ष केपी ओलीलाई आमन्त्रण गरिएको जोशीले बताए ।

अधिवेशनको पहिलो दिन ६ फागुनमा सुखडमा शक्ति प्रदर्शन गर्ने एमालेको तयारी छ । जिल्लाभरिबाट हजारौँ नागरिकको सहभागीतामा ६ फागुनमा आमसभा गरिने कार्यवाहक अध्यक्ष जोशीले बताए । अधिवेशनमा सहभागिताका लागि जिल्लाभरि सकेसम्म सबै घरमा निम्तो पठाइने बताइएको छ ।

एमाले जिल्ला इन्जार्च गणेशसिंह ठगुन्नाले २०८४ लाई केन्द्रित गरेर एमालेले देशव्यापी संगठन सुदृढ अभियान चलाइरहेको उल्लेख गर्दै उक्त अभियानअन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयन गर्न लागिएको बताए । एक वर्षभित्रै पार्टीको पालिका र टोल अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य पार्टीले लिएको उनको भनाइ छ।

ad
ad