१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयोग सदस्यमा उमाशंकर र वायुसेवा निगम उपाध्यक्षमा राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५७:oo

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकरप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रौतहटका घिमिरेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै आयोगमा सदस्यको संख्या सात पुगेको छ । 

यसैगरी, सरकारले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्षमा पदमविक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उनी नियुक्त भएका सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको छ । साथै, सरकारले निजी क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

ad
ad